default_image

3 years ago

February 10, 2023

रोनाल्डोको ६१औं ह्याट्रिक

450 views

0 Bookmark

एजेन्सी – आफ्नो ३८औं जन्मदिनको चार दिनपछि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरकाे ६१औं ह्याट्रिक पूरा गरेको छ ।

साउदी प्रो लिगमा घरेलु टोली अल वेहदामाथि ४–० को फराकिलो जित निकाल्दा अल नासरका रोनाल्डोले सबै चार गोल गरेका हुन् । रोनाल्डोले अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक पूरा गरेका हुन् ।

किङ अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा बिहीबार राति भएको खेलको २१औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ५३ मिनेटभित्रै ह्याट्रिक तथा ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्न सफल भएका थिए । उनले अब्दुलरहमान घारिवको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि अल नासरले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । त्यसपछि रोनाल्डोले ५३औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

रोनाल्डो यतिमै रोकिएन, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्ट्सका पुर्व फरवार्ड रोनाल्डोले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई शीर्षस्थानमा उक्लाए । यो रोनाल्डोको करियरको ५०३औं लिग गोल हो । उनले व्यवसायिक खेलमा ७०६ गोल गरेका छन् ।

रोनाल्डोले २०१९ पछि ह्याट्रिकसहित चार गोल गरेका हुन् । सेप्टेम्बर २०१९ मा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हराएपछि रोनाल्डोले एकै खेलमा चार गोल गरेको थियो ।

रोनाल्डोले पछिल्लोपटक १६ अप्रिल २०२२ मा इंग्लिस प्रिमियर लिगमा नर्विच सिटीविरुद्ध ३–२ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए । रोनाल्डोले पोर्चुगलबाट १०, म्यानचेस्टर युनाइटेडबाट ३, रियल म्याड्रिडबाट ४४ र युभेन्ट्सबाट ३ ह्याट्रिक पूरा गरेका छन् ।

अल नासरका लागि आफ्नो पहिलो तीन खेलमा एक गोल मात्रै गरेका रोनाल्डोले चौथो खेलमा भने गोलको वर्षा नै गरेको हो । रोनाल्डो यसै विन्टरमा अल नासरमा आबद्ध भएका हुन् ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको अल नासरको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको अल सवाव गोल अन्तरमा पछि छ । पराजित अल वेहदा १६ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.