3 years ago
February 12, 2023
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु मैदानमा ब्रेन्टफर्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा आर्सनलका लियान्द्रो ट्रोससार्ड गोल गर्दा ब्रेन्टफर्डका इभान टोनीले बराबरी गोल फर्काए । घरेलु मैदानमा आर्सनलले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
६६औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । उनले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए । तर, आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन ।
७४औं मिनेटमा इभान टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले क्रिष्टियन नोरगार्डको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यो बराबरीपछि आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रतालाई बढाउने मौका गुमाएको छ । आर्सनलको २१ खेलबाट ५१ अंक छ ।समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४५ अंक छ । ब्रेन्टफर्ड २२ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा छ ।
अन्य नतिजा
वेस्ट ह्यामविरुद्ध चेल्सी (१–१)
क्रिस्टल प्यालेसविरुद्ध ब्राइटन (१–१)
लेस्टर सिटीविरुद्ध टोटेनहम (४–१)
साउथह्याम्टनविरुद्ध वल्भ्स (१–२)
फुलहमविरुद्ध नटिङहम (२–०)
बर्नमाउथविरुद्ध न्यूक्यासल (१–१)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]