3 years ago
February 13, 2023
एजेन्सी – एस्टन भिल्लामाथि सहज जित हात पार्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याएको छ ।

सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै आर्सनलसँगको अंक दुरी ३ मा छोट्याएको छ । इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा सिटीको सहज जितमा रोड्री, इल्केए गुन्डोगान र रियाद महारेजले गोल गरे । भिल्लाका ओली वाटकिन्सले एक गोल फर्काए ।
खेलको चौथो मिनेटमा नै रोड्रीको गोलबाट सिटीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले रियाद महारेजको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा गुन्डोगानले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । ज्याक ग्रेलिसलाई पेनाल्टी बक्समा जाकोव राम्सीले फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा महारेज चुकेनन् ।

६१औं मिनेटमा ओली वाटकिन्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । उनले डगलस लुइजको पासलाई सदुपयोग गरेका थिए ।
यस जितसँगै दोस्रो स्थानमा रहेको सिटीको २२ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५१ अंक छ । पराजित भिल्ला २८ अंक जोडेर ११औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]