default_image

3 years ago

February 20, 2023

शीर्षस्थानको बार्सिलोनाको सहज जित

244 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा क्याडिजलाई २–० ले पराजित गर्दै बार्सिलोनाले शीर्षस्थानमा ८ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा सर्जी रोबर्टाे र रोबर्ट लेवान्डोस्कीले गोल गरे । दुवै गोल पहिलो हाफको अन्त्यतिर भएको थियो ।

हुना टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको बार्सिलोनाले गोलको लागि भने पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

४३औं मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई डिफेन्डर इसाक कार्सिलेनले ब्लक गरेपनि रिवाउन्डमा सर्जी गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोबर्ट लेवान्डोस्कीले सर्जी रोबर्टाेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि बार्सिलोनाले बल पोसेसन राख्दै दवा सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ८ अंकले पछि पारेको छ । बार्सिलोनाको २२ खेलबाट ५९ अंक पुगेको छ । समान खेलबाटै रियलको ५१ अंक छ । पराजित क्याडिज २२ अंक जोडेर १७औं स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको म्याड्रिडले एथलेटिको बिल्वाओलाई १–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा ७३औं मिनेटमा एन्टोइन ग्रिजमनले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै एट्लेटिको २२ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित विल्वाओ ३२ अंक जोडेर सातौं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.