3 years ago
February 20, 2023
एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले सानदार जित दर्ता गर्दै शीर्षस्थानको बायर्न म्युनिखसँग अंक बराबरी गर्न सफल भएको छ ।

डर्टमुन्डले घरेलु मैदानमा हर्था बर्लिनलाई ४–१ ले पराजित गर्दै शीर्षस्थानको बायर्नसँग अंक बराबरी गर्न सफल भएको हो ।सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलमा डर्टमुन्डको जितमा करिम एडियमी, डोनेल मालेन, कप्तान मार्काे रिउस र जुलियन ब्रान्डले गोल गरे । हर्थाका लुकास टोउसार्टले एक गोल फर्काए ।
२७औं मिनेटमा करिम एडियमीले गोल गर्दै डर्टमुन्डलाई १–० को अग्रता दिलाए । उनले कप्तान मार्काे रिउसको पासमा गोल गर्न सफल भएका थिए । ३२औं मिनेटमा करिम एडियमीको पासमा डोनेल मालेनलाई गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
४७औं मिनेटमा डर्टमुन्डले गोल खान पुग्यो । लुकास टोउसार्टले सुआट सेर्दारको पासलाई सदुपयोग गरेपछि हर्थालाई खेलमा फर्कने संकेत दिए । तर, ७६औं मिनेटमा कप्तान मार्काे रिउसले फ्रिकिमा सिधै गोल गर्दै डर्टमुन्डलाई जिततर्फ अग्रसर गराए । त्यसपछि ९०औं मिनेटमा जुुलियन ब्रान्डले गोल गर्दै डर्टमुन्डको सानदार जित पक्का गरे ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको डर्टमुन्डको २१ खेलबाट ४३ अंक पुगेको छ । समान अंक रहेपनि बायर्न म्युनिख गोल अन्तरमा शीर्षस्थानमा रहँदा युनियन बर्लिन पछि छ । पराजित हर्था १७ अंक जोडेर १७औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]