default_image

3 years ago

February 20, 2023

फुटबलरलाई गोतामेको बुट उपहार

419 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रोजगारीको सिलसिलामा कतार बस्दै आएका चितवनका टेकप्रसाद गोतामेले राष्ट्रिय महिला फुटबल टोलीका केहि खेलाडीलाई फुटबल बुट हस्तान्तरण गरेका छन् । दशरथ रंगशालामा सोमबार गोतामेले ११ महिला खेलाडीलाई बुट हस्तान्तरण गरेका हुन् ।

भदौमा काठमाडौंमा आयोजना भएको साफ च्याम्पिनसिपको उपाधि जितेको भए आफूले २ लाख रुपैयाँ टोलीलाई दिने घोषणा गरेको जनाउँदै गोतामेले उपाधि जितेको भए वचन अनुसार गर्थे । तर पनि केहि खेलाडीलाई बुट दिने सोच बनाए । अहिले स्वदेश आएको समय पारेर हस्तान्तरण गरे । साफ च्याम्पिनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

नेपाली सेनामा रहँदा आफू तेक्वान्दो खेलाडीका रुपमा रहेका गोतामे १३ वर्षदेखि रोजगारीका क्रममा कतारमा रहेका छन् । राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले टोलीकातर्फबाट धन्यवाद दिदै भनिन्,‘ यो हौसलाका लागि धन्यवाद दिदै राम्रो प्रदर्शनका लागि मनोबल बढाउन मद्दत पुग्छ ।’

फरवार्ड सावित्रा भण्डारी सम्बाले आफू उपचारका लागि कतार जाँदा गोतामेलगायत त्यहाँ रहेका नेपालले सहयोग गरेको स्मरण गर्दै खेलाडीलाई हौसला बढाउने भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् । हस्तान्तर कार्यक्रममा महिला फुटबल संघकी तथा एन्फा केन्द्रिय सदस्य पेमा डोल्मा लामाले खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिदै भविष्यमा टोलीबाट सबै खेलाडीलाई सहयोगका लागि आग्रह गरिन् ।

राष्ट्रिय खेलकुद परिषद्की फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङले पनि सहयोगका लागि गोतामेलाई धन्यवाद दिइन् । भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेर महिला टोली आइतबार स्वदेश फर्केको थियो । पहिलो खेल २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.