9 years ago
December 31, 2016
दिपेश तिमल्सिना
काकड्डभित्ता (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लब झन्डै चार बर्षपछि घरेलु फुटबलको प्रतिस्पर्धा खेलमा फर्कदै छ । काड्डभित्तामा शनिबार सुरु हुने दोस्रो काकड्डभित्ता गोल्डकपको उद्घाटन खेलमा हिमायन शर्पा र घरेलु झापा ११ को सामना गर्नेछ ।

२०६९ को लिगपछि अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक विवादमा फसेपछि हिमालयन शेर्पा प्रतिस्पर्धात्मक फुटबल खेलबाट अलग भएको थियो । लिगको पुरस्कार रकम नदिएको भन्दै चार क्लबले एन्फाविरुद्ध आन्दोलन सुरु गरेपछि एन्फाले हिमालयन शेर्पासहित चार क्लबलाई खेल्न प्रतिबन्ध लगाएको थियो । केही महिनाअघि मात्र एन्फाले हिमालयन शेर्पा र फ्रेन्ड्समाथिको प्रतिबन्ध हटाएको थियो । सरस्वती क्लब र मच्छिन्द्रको भने त्यो भन्दाअघि नै हटाएको थियो ।
चार बर्षपछि प्रतिस्पर्धात्मक खेलमा फर्कदा हिमालयन शेर्पामा किशोर गिरी, माउसा कमागाटे, आशिष गुरुङ, भुपाल गुरुङ, मानबहादुर तामाङ,हेमन गुरुङ, रुपेश केसी, आशिष लामा, विश्वास श्रेष्ठ, विकास पुन, राजबाबु, पुकार गहतराज, सुरज हमाल, त्रिदेव गुरुङ, युसुफ र विशाल गुरुङ टोलीका खेलाडी छन् । टोलीको प्रशिक्षकमा विकास गौचन छन् ।
स्थानिय टोली झापा भने घरेलु फुटबलमा मोफोसलबाट बलियो टोलीको रुपमा छवि बनाउँदै गरेको छ । योगेश गुरुङ, विशाल राई, बुद्ध चेम्जोङलगायतका खेलाडी टोलीमा छन् । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले प्रतियोगिताको उद्घाटन गर्दैछन् । प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]