default_image

3 years ago

March 15, 2023

अल नासर किङ्स कपको सेमिफाइनलमा

437 views

0 Bookmark

एजेन्सी – पोर्चगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दैअल नासरले अन्तिम चारमा स्थान पक्का गरेको हो । मंगलबार राति भएको खेलमा अल नासरको जितमा सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मेद मरनले गोल गरे । अभाका अब्देल फटाह एडामले एक गोल फर्काए ।

एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै सामी अल नाजेईले गोल गर्दै अल नासरलाई १–० को अग्रता दिलाए । २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले गोल गरेपछि अल नासर पहिलो हाफमा २–० ले अघि बढ्यो ।

४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर सहज जिततर्फ अग्रसर बन्यो । ६९औं मिनेटमा अब्देल फटाह एडामले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर विजयी हुन सफल भयो ।

यस खेलमा ३८ वर्षीय रोनाल्डोले पुरै समय मैदानमा बिताएपनि गोल र असिस्ट प्रदान गर्न सकेनन् । यसै विन्टरमा अल नासर पुगेका रोनाल्डोले क्लबका लागि ९ खेलमा ८ गोल र २ असिस्ट प्रदान गरिसकेका छन् ।

यस नतिजासँगै किङ्स कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब अल नासरले सेमिफाइनलमा अल वेहेदासँग २४ अप्रिलमा खेल्नेछ । अल इतिहादले २३ अप्रिलमा अल हिलालसँग खेल्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.