default_image

3 years ago

March 15, 2023

फिफा विश्वकप अब नयाँ ढाँचामा

396 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा आयोजना हुने बताएको छ । अफ्रिकी राष्ट्र रुवान्डामा भइरहेको फिफा काउन्सिलको कंग्रेसले नयाँ ढाँचालाई अनुमोदन गरेको छ ।

विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ पुगेसँगै फिफाले सन् २०२६ कै विश्वकपबाट नै नयाँ ढाँचामा आयोजना हुने बताएको छ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ ।

नयाँ ढाँचा अनुसार सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुनेछन् । हरेक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो हुने उत्कृष्ट ८ टोलीले अन्तिमा ३२ मा स्थान बनाउनेछ । यस्तो अवस्थामा एक राष्ट्रले कम्तीमा पनि ३ खेल खेल्न पाउनेछ ।

यसअघि फिफाले सहभागी टोलीलाई १३ समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई नकआउट चरणमा लैजाने योजना बनाएको थियो । नयाँ ढाँचासँगै अब विश्वकपमा खेल संख्या ८० बाट बढेर १०४ पुगेको छ । विश्व तीन राष्ट्रको १६ शहरमा हुनेछ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले डिसेम्बरमा कतारमा भएको विश्वकपमा समूह चरणका खेलमा नै रोमाञ्चक प्रतिस्पर्धा भएपछि ढाँचा परिवर्तन गर्ने बारे विचार गरिरहेको बताएका थिए ।

चार टोलीको समूह र शीर्ष दुई टोली नकआउट चरणमा जाने ढाँचा सन् १९९८ को विश्वकपपछि प्रयोग गरिएको हो । त्यसबेला सहभागी टोली बढेर ३२ पुगेको थियो । नयाँ राउन्ड–अफ–३२ को अर्थ एक टोलीले विश्वकप जित्न आठ खेल खेल्नुपर्नेछ ।

यस्तै फिफाले सन् २०२५ देखि २०३० सम्मको पुरुषको अन्तर्राष्ट्रिय क्यालेन्डर पनि अनुमोदन गरेको जस अनुसार सन् २०२६ को विश्वकपको फाइनल १९ जुलाई २०२६ मा हुनेछ । क्लबहरुले विश्वकपका लागि २५ मे २०२६ भित्र रिलिज गर्नुपर्नेछ । जुनबेला क्लब फुटबल सकिनेछ ।

महिला अन्तर्राष्ट्रिय क्यालेन्डरमा हरेक वर्ष ६ विन्डो हुने छ । जसमा महिला ओलम्पिक फुटबल पनि समावेश छ । महिला ओलम्पिक २५ जुलाईदेखि १० अगस्टसम्म फ्रान्सको पेरिसमा हुँदैछ । यस्तै फिफाले सन् २०२५ देखि ३२ टोलीबीच हरेक चार वर्षमा हुने फिफा क्लब विश्वकपलाई पनि अनुमोदन गरेको छ ।

अहिले वार्षिक रुपमा भइरहेको फिफा क्लब विश्वकप २०२३ पछि नहुने भएकाले फिफाले त्यसलाई च्याम्पियन्स लिग विजेता र इन्टर कन्टिनेन्टल प्ले अफविजेताबीच खेलाउने निर्णय गरेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.