3 years ago
March 16, 2023
एजेन्सी – इटालियन क्लब नेपोली क्लबकाे इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को जितसहित नेपोली पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
पहिलो लेगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राति भएको खेलमा नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा पिओटर जिलेन्स्कीले एक गोल गरे ।
पाहुना टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको नेपोलीले पहिलो गोलको लागि भने पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भिक्टर ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्न सफल भएका थिए ।
५३औं मिनेटमा भिक्टरले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सहज जित दिलाए ।
इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली क्लबको इतिहासमा पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । यस्तै नेपोली नकआउटको दुवै लेगमा गरेर ५–० को जित निकाल्ने इटालियन क्लबमा थपिएको छ । यसअघि युभेन्ट्स र मिलानले समान ५–० कै जित निकालेको थियो ।
यस्तै नेपोली क्वाटरफाइनलमा पुगेसँगै सन् २००६ पछि इटालीका तीन टोली अन्तिम आठमा पुगेको छ । यसअघि २००५–०६ को सिजनमा इन्टर मिलान, एसी मिलान र युभेन्ट्स क्वाटरफाइनलमा पुगेको थियो ।
यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएकाे छ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान, म्यानचेस्टर सिटी र रियल म्याड्रिड क्वाटरफाइनलम पुगिसकेको छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]