default_image

3 years ago

March 17, 2023

बायर्न र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने

332 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पयन्स लिगको क्वाटरफाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार निकालिएको ‘ड्र’ अनुसार पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले आफ्नो पुर्व क्लब तथा ६ पटकको च्याम्पियन बायर्नसँग खेल्ने पक्का भएको हो ।

यि दुवै टोलीले प्रि–क्वाटरफाइनलमा आ–आफ्नो प्रतिद्धन्द्धीमाथि गोल वर्षा गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएका टोली हुन् ।सोही कारण यि दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अर्काे क्वाटरफाइनलमा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीसँग खेल्ने भएको छ । चेल्सी र कीर्तिमानी १४ पटकको च्याम्पियन रियलबीच लगातार तेस्रो सिजन नकआउट चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०२०–२१ को सिजनमा चेल्सीले सेमिफाइनलमा रियललाई ५–४ ले पराजित गर्दा गत सिजन रियलले क्वाटरफाइनलमा ३–१ को जित निकालेको थियो । रियललाई हराएको वर्ष चेल्सीले तथा चेल्सीलाई हराएको वर्ष रियलले उपाधि जित्न सफल भएको थियो ।

यस्तै अर्काे क्वाटरफाइनलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिका र सिरी ए च्याम्पियन एसी मिलानले अहिले शीर्षस्थानमा रहेको नेपोलीसँग खेल्नेछ ।

यदि चेल्सी, म्यानचेस्टर सिटी र एसी मिलान, नेपोली वा इन्टर मिलानमा जो कोही विजयी भए सेमिफाइनलमा दुई इंग्लिस क्लब तथा दुई इटालियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

क्वार्टरफाइनलको पहिलो लेग ११ र १२ अप्रिल तथा दोस्रो लेग १८ र १९ अप्रिलमा हुनेछ । सेमिफाइनलको पहिलो लेग ९ र १० मेमा तथा दोस्रो लेग १६ र १७ मेमा हुनेछ । फाइनल टर्कीको इस्तानबुलमा १० जुनमा हुनेछ ।

क्वाटरफाइनल ड्र
रियल म्याड्रिडविरुद्ध चेल्सी
इन्टर मिलानविरुद्ध बेन्फिका
म्यानचेस्टर सिटीविरुद्ध बायर्न म्युनिख
एसी मिलान विरुद्ध नेपोली

सेमिफाइनलको ड्र
एसी मिलान वा नेपोलीविरुद्ध बेन्फिका वा इन्टर मिलान
रियल म्याड्रिड वा चेल्सीविरुद्ध म्यानचेस्टर सिटी वा बायर्न म्युनिख

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.