3 years ago
March 19, 2023
एजेन्सी – लन्डन क्लब चेल्सी र मर्सिसाइड क्लब एभर्टनले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दं अंक बाँडेका छन् ।घरेलु मैदानमा चेल्सीले खेलमा दुईपटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका जोआओ फेलिक्स र काई हाभर्टजले गोल गर्दा एभर्टनका अब्दुलाए डोउकाउरे र इलिस सिम्सले गोल गरे । सबै चार गोल दोस्रो हाफमा नै भएको थियो ।
५२औं मिनेटमा फेलिक्सले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । ६९औं मिनेटमा अब्दुलाए डोउकाउरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७६औं मिनेटमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए । तर, त्यो अग्रतालाई चेल्सीले जोगाउन सकेन ।
निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी इलिस सिम्सले गोल गर्दै चेल्सीलाई जितबाट वञ्चित गराए । इलिस ७९औं मिनेटमा इड्रिसा गाना गुआएको स्थानमा मैदान छिरेका थिए ।
यस बराबरीसँगै चेल्सी २७ खेलबाट ३८ अंक जोडेर १०औं स्थानमा छ । एर्भटन २८ खेलबाट २६ अंक जोडेर १५औं स्थानमा छ ।
अन्य नतिजा
वल्भ्सविरुद्ध लिड्स (२–४)
एस्टन भिल्लाविरुद्ध बर्नमाउथ (३–०)
ब्रेन्टफर्डविरुद्ध लेस्टर (१–१)
साउथह्याम्टनविरुद्ध टोटेनहम (३–३)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]