default_image

3 years ago

March 20, 2023

बार्सिलोनासँग रियल म्याड्रिडको हार

407 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोना २–१ ले विजयी भएको हो ।

आत्मघाती गोलले पछाडि पर्नुका बावजुत बार्सिलोनाले एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा सजी रोबर्टाे र फ्रान्क केस्सीले गोल गरे ।

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । ४५औं मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

८१औं मिनेटमा मार्काे एसेन्सियोले गोल गरेपछि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुक्यो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए ।

यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । १६ अक्टोवर २०२२ मा ३–१ को जित निकाले यता रियलले जित निकाल्न सकेको छैन ।

यस जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.