3 years ago
March 20, 2023
एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ ।पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले स्तब्ध बनेको हो ।

पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल टोको एकम्वीले गोल गरेपछि पिएसजी खेलमा पछि पर्यो ।
त्यसपछि ४८औं मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गर्दै पिएसजीलाई स्तब्ध पारे । पिएसजीले अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पेलाई सुरुवातदेखि नै मैदानमा उतारेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो ।
पिएसजी सन् २०२१ को अप्रिलपछि घरेलु मैदानमा पराजित भएको हो । रेनेससँगको हारसँगै ३५ खेलपछि पिएसजीले घरेलु मैदानमा लिग वानको खेलमा पराजित भएको हो ।
यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीलाई हराएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]