3 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत्र ८ देखि १७ सम्म नेपाल, भुटान र लावस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरू दशरथ रंगशालामा हुनेछ । एन्फाले साधारण पारापिटतर्फ रु ५०० र भीआइपी पारापिटतर्फ रु १००० टिकट दर तोकिसकेको छ । प्रतियोगिताको लागि एन्फाले एमडिएसी स्पोर्ट्स प्रालिसँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरेको छ ।
प्रतियोगिताको प्रथम हुने राष्ट्रलाई ५,००० अमेरिकी डलर, द्वितीय पुरस्कार ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई) ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राष्ट्रिय खेलकूद परिषद्ले उपलब्ध गराउनेछ ।
प्रतियोगिताको अनुमानित बजेट एक करोड सतहत्तर लाख अर्सठ्ठी हजार चार सय असी रुपैयाँ १,७७,६८,४८० रहेको छ । विगतको संस्करणभन्दा बजेट झन्डै दोब्बर भएपनि बजारमा महँगी बढेका कारण बजेट बढेको वरिष्ठ उपाध्यक्ष विरवहादुर खड्काले बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]