3 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली युवा टोली बलियो भारतसँग पराजित भएको छ ।

बंगलादेशको ढाकामा सोमबारदेखि शुरु भएको च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा नै भारतसँग ४–१ ले पराजित भएको हो । बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भारतको जितमा शिलजी शाहजीले ह्याट्रिक तथा पुजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काइन् ।
खेलको १०औं मिनेटमा शिलजी शाहजीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् । गोलरक्षक खुशी कुमारीले फालेको लामो पासलाई शिलजीले दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक सुजाता तामाङले रोक्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
४०औं मिनेटमा शिलजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । थोइविसाना चानु तोइजामले फालेको लामो पासलाई पुनः नियन्त्रणमा लिदै शिलजीले वान भर्सेस वानको अवस्थामा सहजै फिनिस गरिन् ।
४१औं मिनेटमा पुजाले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । शिलजीले दिएको पासमा गोलरक्षक अघि बढेको अवस्थामा पुजाले कुनै गल्ती गरिनन् ।
५४औं मिनेटमा वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् । सुक्रिया मियाको क्रसलाई थोइविसानाले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्रोसँग क्लियर नभएको बललाई अनमार्क रहेकी वर्षाले सहजै गोल गर्न सफल भइन् ।
८१औं मिनेटमा शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई सहज जित दिलाइन् । मैदानको मध्यभागबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै वान भर्सेस वानको अवस्थामा उनले सहजै गोल गर्न सफल भइन् ।
यस जितसँगै भारतले ३ अंक बटुलेको छ । नेपाल अंक विहीन बनेको छ । आज नै दोस्रो खेलमा भुटान र आयोजक बंगलादेशबीच खेल हुन्दैछ ।
यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]