3 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुधबारदेखि नेपालमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कपका लागि लाओसको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् ।

लाओसको टोली सोमबार दिउँसको नेपाल आईपुगेका हुन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे । त्यसअघि सोमबार बिहान नै भुटानको टोली नेपाल आइसकेको छ ।
प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछ ।
नेपालले ८ चैतमा लाओससँग खेल्दै प्रधानमन्त्री थ्री नेसन्स कपको सुरुवात गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । फिफा क्यालेन्डर भित्र हुने यि खेलले वरीयतामा प्रभाव पार्ने छ । फाइनल खेल फिफा क्यालेन्डरभन्दा बाहिर रहेकाले उक्त खेलले फिफाको मान्यता पाउनेछैन ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा खेल्नेछ । तर, एन्फाले प्रधानमन्त्री थ्री नेसन्स कप आउन दुई दिन बाँकी रहँदासमेत टोली घोषणा गरेको छैन । प्रधानमन्त्री थ्री नेसन्स कपलाई सामान्य प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]