default_image

3 years ago

March 20, 2023

फ्रेन्ड्स २१ वर्षपछि तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

231 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

फ्रेन्ड्स क्लब २२ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलमा जारी प्रतियोगितामा सोमबार अर्को ए डिभिजन टोली एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै फ्रेन्ड्स अन्तिम चारमा प्रवेश गरेको हो ।

२०५८ सालको १५ औं संस्करणको विजेता समेत रहेको फ्रेन्ड्स त्यसयता पहिलो पटक सेमिफाइनल पुगेको हो । सोमबार फ्रेन्ड्सका डोना थापा र राफियो एमोनीले गोल गरे । एपिएफका लागि प्रविण स्याङ्तानले गोल गरे ।

गृह जिल्लामा कप्तानी समेत सम्हालेका डोनाले ५२ औं मिनेटमा पहिलो गोल गरे । परिवर्तित खेलाडी एरोन थापाको पासमा एमोनीले ८२ औं मिनेटमा गोल थप्दै अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयको दोस्रो मिनेटमा एपिएफका प्रविणले हेडमार्फत गोल गरेपनि एपिएफ खेलमा फर्कन सकेन ।

फ्रेन्ड्सका उत्तम राईले पाँचौ. मिनेटमा गोलको मौका खेर फाले । अमिनोले पेनाल्टी बक्स नजिकबाट गरेको फितलो प्रहार सफल हुन सकेन । पहिलो हाफको अन्तिम समयमा एपिएफका प्रविणको प्रहार फ्रेन्ड्सका गोलपिकर विशाल सुनारले रोके । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै फ्रेन्ड्सले अग्रता बनाएको थियो । फ्रेन्ड्सका एमोनी म्यान अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।

एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले जुनियर र सिनियर खेलाडीको तालमेल मिल्न नसक्दा पराजय भोग्न परेको बताए । फ्रेन्ड्सका प्रशिक्षक उर्जेन श्रेष्ठले लामो यात्राको थकान हुन्दा पनि खेलाडीले उत्च प्रदर्शन गरेर सफलता मिलेको बताएका छन् ।

तिलोत्तमाको उपाधि चार पटक जितेको नेपाल पुलिस क्लबले मंगलबार मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । मनाङले अहिले सम्म तिलोत्तमा जित्न सकेको छैन । तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

९३ बर्षीय थापाको उत्साह

चार वर्षपछि तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुँदा दर्शकको उपस्थिति पनि बाक्लो हुँदै जान थालेको छ । यस क्रममा सोमबारको दृश्य रोचक थियो । ९३ बर्षीय भक्ति थापा दर्शकमध्येकी एक थिइन् ।

उनी आफ्ना दुई नाती डोना थापा र एरोन थापाको खेल हेर्न र उनीहरुको टोलीको हौसला बढाउन देविनगरस्थित एन्फा टेक्निकल सेन्टर पुगेकी थिइन् । आराम गर्नुपर्ने उमेरमा पनि नाती सम्मलित टोलीको हौसला बढाउने क्रममा थापाले हुटिङ गरेको दृश्य लोभलाग्दो थियो । टोलीका लागि नातीले पहिलो गोल गरेपछि उनी उभिएर लगातार ताली बजाई रहिन् ।

रुपन्देही सैनामैना निवासी थापाको परिवार फृुटबलमा समर्पित रहेको छ । ‘म पहिला देखि नै फुटबललाई माया गर्थे । मेरो छोरा एन्ड्रु थापा पनि फुटबल खेलाडी थियो,’ थापाले भनिन्, यस्ता फुटबल प्रतियोगितामा स्थानिय खेलाडीलाई पनि समेट्नुपर्छ ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.