3 years ago
March 21, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफर्ड, चेल्सीका मिडफिल्डर मेसन माउन्ट र न्युक्यासलका गोलरक्षक निक पोप इंग्ल्यान्डको युरो कप छनोटको टोलीबाट बाहिरिएका छन् ।

तीनै जना खेलाडी चोटका कारण टोलीबाट बाहिरिएको हो । एफए कपको क्वाटरफाइनलमा आइतबार फुलहमविरुद्धको खेलमा रासफोर्डले गोल गरेका थिए । १० क्याप जितेका पोपले शुक्रबार नटिङहम फरेस्टमा न्युक्यासलले २–१ को जित निकालेको खेलमा घाइते भएका थिए ।
माउन्ट चोटबाट पूनरागमनको प्रतिक्षामा छन् । इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले माउन्टलाई प्रारम्भिक २५ सदस्यीय टोलीमा समावेश गरेका थिए तर चेल्सीका प्रशिक्षक ग्राहम पोटर इंग्ल्यान्डको टोलीमा नहुने बताएका छन् ।
प्युबिक हड्डकीको चोटका कारण माउन्टले फेब्रुअरीदेखि चेल्सीको लागि खेलेका छैनन् । उनले शनिबार एभर्टनसँग २–२ गोलको बराबरीमा रोकिएको खेल पनि गुमाएका थिए ।
रासफोर्ड यस सिजन म्यानचेस्टर युनाइटेडका लागि राम्रो फर्ममा रहेका छन् । कतार विश्वकपपछि रासफर्डले १९ सहित कुल २७ गोल गरिसकेका छन् । उनले इंग्ल्यान्डका पाँच खेलमा तीन गोल गरिसकेका छन् ।
पोपको स्थानमा टोटनहमका ३५ वर्षीय गोलरक्षक फ्रेजर फोर्सटरलाई बोलाइएको छ । गत सिजन दुई मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश भएपनि फोर्सटरले २०१६ मा मात्रै ६ क्याप जितेका छन् । साउथगेटको टोलीले २३ मार्चमा इटालीसँग र त्यसपछि मार्च २६ मा वेम्वलीमा युक्रेनसँग खेल्दैछ ।
इंग्ल्याण्डको टोली :
गोलकिपर – जोर्डन पिकफोर्ड (एभर्टन), फ्रेजर फोर्सटर (टोटेनहम), आरोन राम्सडेल (आर्सनल)
डिफेन्डर – बेन चिलवेल (चेल्सी), एरिक डाएर (टोटनहम), मार्क गुएही (क्रिस्टल प्यालेस), रिस जेम्स (चेल्सी), ह्यारी मगाएर (म्यानचेस्टर युनाइटेड), लुका शा (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), काइरन ट्रिपिएर (न्यूकासल युनाइटेड), काइल वाल्कर (म्यानचेस्टर सिटी)
मिडफिल्डर – जुड बेलिङहम (बोरुसिया डर्टमुन्ड), कोनोर गालाघर (चेल्सी), जोर्डन हेन्डरसन (लिभरपुल), जेम्स म्याडिसन (लेस्टर सिटी), काल्भिन फिलिप्स (म्यानचेस्टर सिटी), डेक्लान राइस (वेस्ट ह्याम)
फरवार्ड – फिल फोडेन (म्यानचेस्टर सिटी), ज्याक ग्रेलिस (म्यानचेस्टर सिटी), ह्यारी केन (टोटनह्याम), बुकायो साका (आर्सनल), इभान टोनी (ब्रेन्टफोर्ड)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]