3 years ago
March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् ।

तीन राष्ट्रबीच हुने प्रतियोगिताका लागि भुटान र लाओस आइतबार नै नेपाल आइसकेका छन् । दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । मनाङ मस्र्याङ्दी क्लबका सुमित श्रेष्ठ, एपिएफ फुटबल क्लबका मणि लामा र सनिश श्रेष्ठ, एफसी खुलमटारका पदम भट्टराई, सातदोबाटो युथ क्लबका गोलरक्षक अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
प्रशिक्षणमा सुरुमा २३ खेलाडीलाई समावेश गरिएको थियो भने सोमबार मात्र त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासलाई सामेल गराइएको थियो । सुरुमा बोलाइएका मध्ये मनाङ डिफेन्डर रणदीप पौडेल बाहेक २३ खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
२३ मध्ये सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्तीमा अंकतालिकाको तेस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबाट सर्वाधिक ४ खेलाडी समावेश गरिएको छ । अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ, आर्मी र संकटा क्लबबाट समान ३, शीर्षस्थानमा रहेको सातदोबाटो बाट २ तथा जावलाखेल युथ क्लब, खुमलटार र मछिन्द्र एफसीबाट समान १ खेलाडी राष्ट्रिय टोलीमा परेका छन् ।
लिगका अन्य टोली थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पाबाट भने राष्ट्रिय टोलीमा कोहि परेका छैनन् । भारतको राउन्ड ग्लास पन्जाबबाट खेल्दै आएका किरण चेम्जोङ र इन्डोनेसियाको प्रेसिक केडेरीका रोहित चन्द टोलीमा समावेश छन् ।
थ्री नेसन्समा चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।
राष्ट्रिय फुटबल टोली:
गोलरक्षक (३) – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब, भारत), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)
डिफेन्डर (७) – रोहित चन्द (प्रेसिक केडिरी, इन्डोनेसिया ), अनन्त तामाङ (चर्च ब्वाइज), आदित्य चौधरी (जावलाखेल), विकास खवास (आर्मी), सनिश श्रेष्ठ (एपिएफ), निशान खड्का (संकटा), पदम भट्टराई (खुमलटार)
मिडफिल्डर (८) – मणि लामा (एपिएफ), नविन लामा (एपिएफ), पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , कमल थापा (मनाङ) , आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा) र सुमित श्रेष्ठ (मनाङ)
फरवार्ड (५) – दीपक राज सिंह ठकुरी (सातदोबाटो), मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ (आर्मी), भरत खवास (आर्मी) र अन्जन विष्ट (चर्च ब्वाइज)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]