default_image

3 years ago

March 21, 2023

आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा

294 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब १३ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रोलिङ क्लब झापालाई मंगलबार ४–१ ले हराउँदै आर्मी इटहरी गोल्ड कपको अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले बगोल गरे । रोलिङका डेडी वाम्बाले गोल गरे । आर्मीले तेस्रो मिनेटमा नै दीपकको गोलबाट अग्रता लियो । डिबक्स नजिकबाट दीपकले गरेको फ्रिकिक प्रहार गोलमा परिण तभएको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान जिलेस्पीले गोल गर्दै अन्तर दोब्बर पारे । युद्ध शाहीको पासलाई जिलेस्पती गोल गरेका थिए ।

६२ औं मिनेटमा दिनेश हेन्जनको पासमा सुदिल गोल गरे । ६४औं मिनेटमा रोलिङका वाम्बाले पेनाल्टीमार्फत गोल फर्काए । विमल पाण्डेले पेनाल्टी बक्स भित्र ह्यान्ड गरेपछि रोलिङले पेनाल्टी पाएको थियो । पदमले इन्जुरी समयमा गोल गरे । आर्मीले बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आर्मीका जिलेस्पीजंग कार्की खेलेको म्यान अफ दी म्याच घोषित भए । होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेज बहादुर पुरी र सि बी कलेजका बोर्ड डाइरेक्टर देशबन्धु कार्कीले जेलेस्पीलाई १० हजार हस्तान्तरण गरे ।

प्रतियोगितामा बुधबार मछिन्द्र फुटबल क्लब र सगरमाथा युथ क्लब सुन्दर हरैचा मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.