3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत बुधबार लाओसविरुद्ध समूह चरणको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

प्रतियोगिताका लागि नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ नयाँ खेलाडी समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । ए डिभिजन लिगको आधारमा टोली छनोट गरेका उनले लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका केहि खेलाडीलाई पनि पुनरागमनको अवसर दिएका छन् । बुधबार लाओसविरुद्ध अनेसेले अनुभवी खेलाडीलाई प्राथमिकतामा राख्दै सुरुवाती ११ घोषणा गर्ने सम्भावना छ ।
प्रशिक्षक अनेसेले गत साता पत्रकार सम्मेलनमा बोल्दै चरणवद्ध रुपमा आफ्नो योजना अनुसार नयाँ खेलाडी समावेश गर्ने बताएका थिए । उनले एकैपटक परिवर्तन गर्न खोज्दा नतिजा राम्रो आउन नसक्ने भन्दै नयाँ र पुराना खेलाडीको सन्तुलन कायम राख्ने बताएका थिए । त्यसअनुसार आज लाओसविरुद्ध अनुभवी खेलाडी नै पहिलो रोजाइमा पर्ने देखिन्छ । अनेसेले आफ्नो पुरानो क्लबमा विशेषत ४-३-३ को रणनीतिमा खेलाउने गरेको र नेपाली टोली पनि त्यसमा अभ्यस्त छ । यसबाहेक प्रशिक्षकले व्यक्तिगत अपेक्षा अनुसार खेलाडी प्रयोग गर्न सक्छन् ।
गोलरक्षकमा कप्तान किरण चेम्जोङको स्थान पक्का छ । गत साता मात्र भारतीय लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् । उच्च लयमा रहेका किरणपछि दीप कार्की र अभिषेक बराल ब्याकअपको रुपमा रहनेछन् ।
डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी नै निरन्तर हुने देखिन्छ । कुनै समय राष्ट्रिय टोलीमा पनि डिफेन्सिभ मिडफिल्डमा खेलेका रोहित पछिल्लो समय भने अनन्तसँग डिफेन्समा जमेका छन् । प्रशिक्षक अनेसेले टोलीको आवश्यकता देखेर रोहितलाई मिडफिल्डमा खेलाउँदा भने आदित्य चौधरी र विकास खवास विकल्पको रुपमा रहनेछन् । युवा डिफेन्डर पदम भट्टराई पनि पहिलो पटक टोलीमा पर्दा केहि मिनेटको अपेक्षा गरिरहेको हुनेछन् ।

विंगब्याकतर्फ नेपालले सनिश श्रेष्ठलाई राइट ब्याकमा खेलाउने प्रबल सम्भावना छ । लिगमा एपिएफका लागि उच्च प्रदर्शन गर्दै आएका उनीबाहेक टोलीमा प्राकृतिक राइट ब्याक छैनन् । विकास खवास डिफेन्सको सबै क्षेत्रमा खेल्न सक्ने भएकाले उनको भूमिका पनि महत्त्वपूर्ण रहनेछ । लेफ्ट ब्याकमा निशान खड्काको सम्भावना छ ।
सेन्टर मिडफिल्डमा पुजन उपरकोटीले रक्षात्मक भूमिका निर्वाह गर्ने सम्भावना छ । यसबाहेक एरिक विष्टलाई मणि लामाले सेन्टर मिडफिल्डमा साथ दिन सक्छन् । लिगमा बक्स टु बक्स भूमिकामा जमेका यी दुईलाई कमल थापा र नविन लामाले पनि सुरुवाती स्थानका लागि चुनौती दिनेछन् । सुमित श्रेष्ठ खेलको अवस्था अनुसार फरक पोजिसनमा खेल्न सक्ने भएकाले वैकल्पिक खेलाडीको रुपमा उत्रन सक्छन् ।
प्रशिक्षक अनेसेले फरवार्ड अन्जन विष्ट खेलका लागि उपलब्ध हुने पक्का गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा लगातार गोल गर्दै आएका उनले राइट विंग सम्हाल्ने देखिन्छ । आक्रमणमा अन्जनलाई नवयुग श्रेष्ठसँगै आशिष चौधरी र आयुष घलानमध्य एकले साथ दिने सम्भावना छ । नवयुग राष्ट्रिय टोलीका लागि घरेलु मैदानमा पहिलो गोल गर्ने लक्ष्यसहित मैदानमा हुनेछन् ।
आशिषले चर्च ब्वाइजका लागि लिगमा लेफ्ट विंगबाट आफ्नो गतिका साथ प्रभाव जमाएका छन् । त्यस्तै प्राविधिक रुपमा निपुण आयुष पनि लेफ्ट विंग पोजिसनका दावेदार हुन् । मनिष डाँगी र दीपक राज सिंह ठकुरीले पनि खेल बढ्दै जाँदा आफ्नो गति प्रयोग गर्न सक्छन् ।
सम्भावित सुरुवाती ११ :
किरण चेम्जोङ
सनिश श्रेष्ठ – अनन्त तामाङ – रोहित चन्द – निशान खड्का
पुजन उपरकोटी
एरिक विष्ट – मणि लामा
अन्जन विष्ट – नवयुग श्रेष्ठ – आयुष घलान
थ्री नेसन्स कपका लागि पूर्ण टोली :
गोलरक्षक (३) – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब, भारत), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)
डिफेन्डर (७) – रोहित चन्द (प्रेसिक केडिरी, इन्डोनेसिया ), अनन्त तामाङ (चर्च ब्वाइज), आदित्य चौधरी (जावलाखेल), विकास खवास (आर्मी), सनिश श्रेष्ठ (एपिएफ), निशान खड्का (संकटा), पदम भट्टराई (खुमलटार)
मिडफिल्डर (८) – मणि लामा (एपिएफ), नविन लामा (एपिएफ), पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , कमल थापा (मनाङ) , आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा) र सुमित श्रेष्ठ (मनाङ)
फरवार्ड (५) – दीपक राज सिंह ठकुरी (सातदोबाटो), मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ (आर्मी), भरत खवास (आर्मी) र अन्जन विष्ट (चर्च ब्वाइज)
यो पनि : को हुन् फुटबल टोलीमा परेका ६ नयाँ खेलाडी?
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]