default_image

3 years ago

March 22, 2023

लाओसविरुद्ध अपराजित नेपाल

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा बुधबार लाओसको सामना गर्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपाल र लाओसबीच अन्तर्राष्ट्रिय फुटबलमा दुई पटक भिडन्त भएको छ । सन् २०१६ मा नेपालले लाओसविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । दुवै अवसरमा जापानी प्रशिक्षक ग्योतोकु कोजीले टोलीको प्रशिक्षण सम्हालेका थिए ।

१६ मे २०१६ मा भएको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएको थियो । विशाल राईले ७६ औं मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै फथाना सिभिलेले लाओसलाई बराबरीमा ल्याएका थिए ।

उक्त खेलको ६ महिनापछि नै नेपाल र लाओस सोलिडारिटी कपको सेमिफाइनलमा भिडेका थिए । शारीरिक रुपमा निकै बालियो लाओसले उक्त खेलमा २-२ को बराबरीपछि टाइब्रेकरमा ३-० को जित दर्ता गरेको थियो । उक्त खेलमा सबै ४ गोल हेडरमा भएको थियो ।

लाओसका लागि अग्ला कदका फरवार्ड जाइसोन्खाम चाम्पाथोङले नेपाली डिफेन्सलाई निकै समस्या दिएका थिए । उनैले १८ औं मिनेटमा अग्रता दिलाउँदा विमल घर्ती मगरले ४७ औं मिनेटमा बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि १ सय ४ औं मिनेटमा अनन्त तामाङले गोल गरेका थिए । तर ४ मिनेट समय बाँकी हुँदा चाम्पाथोङले नै गोल गर्दै खेललाई सुटआउटमा धकेले । हेमन गुरुङ र विक्रम लामाले पेनाल्टी प्रहारमा गोल गर्दा गोलरक्षक किरणले लाओसको सुरुवाती दुवै प्रहार विफल पारेका थिए । सुजल श्रेष्ठले तेस्रो प्रहार गोल गरेपछि लाओसको तेस्रो प्रहार बाहिरिंदा नेपाल विजयी भएको थियो ।

त्यसबेलाको टोलीबाट किरण चेम्जोङ, अनन्त तामाङ, अन्जन विष्ट र नवयुग श्रेष्ठ आजको खेलमा पनि सुरुवात गर्ने सम्भावना छ । त्यसबेला मैदान उत्रेका भरत खवास र आदित्य चौधरी लामो समयपछि पुनरागमन गर्दै यसपटक बेन्चमा रहने देखिन्छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.