default_image

1 year ago

March 22, 2023

अनन्तको गोलले नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत पहिलो खेलमा लाओसविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको हो । पहिलो हाफमा दुवै टोलीले विंगबाट आक्रमण बुन्ने प्रयास गरेका छन् । नेपालले पटक पटक विंगबाट पेनाल्टी क्षेत्र प्रवेश गरेपनि ओपन प्लेमा भने गोलरक्षकलाई समस्या दिन सकेको […]

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत पहिलो खेलमा लाओसविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको हो ।

पहिलो हाफमा दुवै टोलीले विंगबाट आक्रमण बुन्ने प्रयास गरेका छन् । नेपालले पटक पटक विंगबाट पेनाल्टी क्षेत्र प्रवेश गरेपनि ओपन प्लेमा भने गोलरक्षकलाई समस्या दिन सकेको छैन । मिडफिल्डमा एरिक विष्ट र नविन लामा निकै व्यस्त देखिएका छन् । पुजन उपरकोटी भने रक्षात्मक मिडफिल्डमा संघर्ष गरिरहेका देखिन्छन् ।

डिफेन्समा डेब्यु गरिरहेका सनिश श्रेष्ठले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । विकास खवास पनि लेफ्ट ब्याकको भूमिकामा राम्रो प्रदर्शन गरिरहेका छन् । अनन्त र रोहितको जोडी मध्य डिफेन्समा बलियो देखिएको छ ।

१८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे । एक गोलले पछि परेको लाओसले त्यसपछि आक्रमण बुनेपनि गोलरक्षक किरणलाई समस्या दिन सकेको छैन ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.