3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसलाई हराएको छ । दशरथ रंगशालामा बुधबार नेपालले २-० को सहज जित दर्ता गरेको हो ।

नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विजयी सुरुवात गर्दा सनिश श्रेष्ठलाई सुरुवाती रोजाइमा डेब्यु दिएका थिए । त्यस्तै दोस्रो हाफमा मणि लामा, सुमित श्रेष्ठ र दीपक राज सिंह ठकुरीले पनि डेब्यु गरे ।
१८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे । एक गोलले पछि परेको लाओसले त्यसपछि आक्रमण बुनेपनि गोलरक्षक किरणलाई समस्या दिन सकेको छैन ।
दोस्रो हाफको सुरुवातमै नवयुगले दर्शनीय गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । नवयुगले ५६ औं मिनेटमा झन्डै ३५ यार्ड टाढाबाट गरेको भली सिधै गोल भएको थियो । लाओसको हाफको मध्यभागमा प्राप्त खुला बललाई नवयुगले पहिलो टचमा नै गोल गरेका थिए । गोलरक्षक सेसाभाथ सौभान्शोकले नवयुगको प्रहार ठम्याउन नसक्दा गोल भएको थियो ।

६७ औं मिनेटमा अनन्तले गोललाइनबाट बल क्लियर गर्दै नेपालको २-० को अग्रता कायम राखे । बोउनपचान बोउनकोंगले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक किरण बिट भएपनि अनन्तले क्लियर गर्दै निश्चित गोल टारेका थिए । लगत्तै रोहित चन्दले पनि किरण बिट भएको अवस्थामा ६ यार्ड बक्स भित्रबाट हेडर क्लिअरेन्स गरे ।
७१ औं मिनेटमा नवयुगले ६ यार्ड बक्सभित्र दिएको पासमा आयुष घलानले सुवर्ण अवसर खेर फाले । नवयुगको पासमा अन्तिम डिफेन्स पनि बिट भएको अवस्थामा आयुषले वन भर्सेस वनमा बललाई पोस्टको दिशा दिन सकेनन् ।
नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानको सामना गर्नेछ । मंगलबार नेपालसँग खेल्नुअघि भुटानले शनिबार लाओसको सामना गर्नेछ । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।
उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसबाट हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]