3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दीपक राज सिंह ठकुरीले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । लाओसविरुद्ध खेलको ८२ औं मिनेटमा मैदान प्रवेश गर्दै दीपकले डेब्यु गरेका हुन् ।

मोफसलको प्रतियोगितामा छाएका फरवार्डले यस सिजन सानदार सुरुवात गरेका हुन् । विगतमा सोचेजस्तो अवसर नपाएका उनी यस सिजन भने प्रशिक्षक सनोज श्रेष्ठको विश्वासमा खरो उत्रिएका थिए । तीव्र गतिले विपक्षीको डिफेन्सलाई समस्या दिने उनले ४ गोल गर्दै सातदोबाटोलाई लिगको अग्र स्थानमा पुर्याएका छन् ।
दीपकले गोलकर्ता नवयुग श्रेष्ठको स्थान लिएका हुन् । नवयुग र अनन्तको गोलको मदतले नेपाल २-० ले अघि छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]