3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुमित श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । लाओसविरुद्ध बेन्चबाट मैदान प्रवेश गर्दै सुमितले डेब्यु गरेका हुन् ।

सुमितले इन्ज्युरी समयमा आयुष घलानको स्थान लिँदै डेब्यु गरेका हुन् ।
को हुन् सुमित?
फुटसलबाट राष्ट्रिय खेल जगतमा आफूलाई स्थापित गरेका सुमितले छोटो समयमा नै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । स्पोर्ट्स कासलबाट फुटसल लिगको उपाधि जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी फुटबलमा विभिन्न पोजिसनमा खेल्ने गर्छन् । राष्ट्रिय यू-२० टोलीमा लेफ्ट ब्याक भूमिकामा खेल्ने उनी मनाङका लागि भने मिडफिल्डमा देखिएका छन् ।
मनाङका प्रशिक्षक किरण श्रेष्ठले सुमितको फरक पोजिसन खेल्ने क्षमताले खेलको अवस्था अनुसार रणनीति बदल्न निकै सहज हुने बताएका थिए । बायाँ खुट्टा बढी चलाउने सुमित विंगरको भूमिका पनि निर्वाह गर्न सक्छन् । प्राविधिक रुपमा निपुण उनी राष्ट्रिय टोलीमा लेफ्ट विंगमा देखिने सम्भावना छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]