3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका डिफेन्डर अनन्त तामाङ प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । लाओसविरुद्ध २-० को जितमा सुरुवाती गोल गरेका अनन्तले प्लेयर अफ द म्याच बन्दै २ सय ५० अमेरिकी डलर पनि हात पारे ।

दशरथ रंगशालामा नेपालले ३० औं मिनेटमा अनन्तको गोलमा अग्रता लिएको थियो । अनन्तले एरिक विष्टको कर्नरमा ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । दोस्रो हाफमा नवयुगले सानदार गोल गरेपनि नेपालले २-० को जित दर्ता गरेको हो ।
खेलपछि बोल्दै अनन्तले प्रशिक्षणमा गरेको मिहिनेतको प्रतिफलले गोल भएको बताए । ‘प्रशिक्षणमा सेट पिसमा तयारी गरेका थियौं । प्रशिक्षणमा गरेको प्रयासबाट खेलमा गोल निस्कियो । प्रशिक्षकले दिएको निर्देशन अनुसार त्यसै मुभमेन्टमा गोल गर्न सफल भयौं । खुसी छौं,’ उनले भने ।
टोलीले समग्रमा भने सोचे अनुसार खेल्न नसकेको बताए । ‘हामीले सोचेजस्तो खेल्न सकेनौं । बल पोसेसन हामीले नराखेपनि कम्प्याक्ट डिफेन्स बनाएर खेल्यौं । केहि नयाँ खेलाडी आउनुभएको छ, त्यसैले पनि कम्युनिकेसन राम्रो भएको छैन,’ उनले भने ।

भुटानविरुद्ध खेलमा यो स्तरको खेलमा सुधार गर्नुपर्ने अनन्तले बताए । ‘हामीले भुटानविरुद्ध अझ राम्रो खेल्नुपर्छ । होला भुटान लाओसभन्दा कमजोर होला । तर हामीले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्छ । आशा छ आउने दिनमा त्यो हुनेछ,’ उनले थपे ।
अनन्तले नयाँ खेलाडीको आगमन भएकाले पनि केहि समय लाग्ने बताए । ‘धेरै खेलाडी विदेश जाँदा टोलीमा नयाँ पन आएको छ । त्यसले पनि खेलाडीबीच कम्युनिकेसनमा समस्या भएको हो । अब नयाँ आउनुभएका खेलाडीले यसको सदुपयोग गर्नुपर्छ । आशा छ भविष्यमा यो सुध्रदै जानेछ,’ उनले थपे । अनन्तले आफू पनि भविष्यमा विदेशिने हो कि भन्ने प्रश्नमा भने त्यस्तो नहुने बताए ।
भिडियो हेर्नुहोस :
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]