3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१७ महिला च्याम्पियनसिपको नेपाली युवा टोलीले पहिलो जित दर्ता गर्ने क्रममा भुटानमाथि फराकिलो जित निकालेको छ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालले भुटानमाथि ५–० को फराकिलो जित निकाल्दै पहिलो जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा भारतसाग ४–१ ले पराजित भएको थियो ।
बुधबार भएको खेलमा नेपालको जितमा वर्षा ओली र सेनु परियारले समान दुई तथा कप्तान दीपा रोकायले एक गोल थपिन् । खेलको १६औं मिनेटमा वर्षा ओलीले सेनु परियारको पासमा गोल गर्दै नेपालका गोलको खाता खोलिन् । वर्षाले वान भर्सेस वानको स्थितिमा सहज गोल गरिन् ।
३०औं मिनेटमा कप्तान दीपा रोकायले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सेनु परियारकै पासमा अफसाइड बिट ट्याप गर्दै वर्षाले डिफेन्डरलाई बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा पाएको बललाई दीपाले जाली चुमाइन् । ३४औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० ले अघि बढाइन् ।
५०औं मिनेटमा वर्षा ओलीले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरेपछि नेपाल सहज जिततर्फ अघि बढ्यो । ५८अऔं मिनेटमा सेनु परियारले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौ गोल गदै नेपाललाई ५–० को फराकिलो जित दिलाइन् ।
यस जितसँगै नेपालले दुई खेलबाट ३ अंब बटुलेको छ । भुटानले अंकको खाता खोल्न सकेको छैन । बुधबार नै रसियाले घरेलु टोली बंगलादेशलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले क२६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]