default_image

3 years ago

March 22, 2023

नवयुगको नेपालमा पहिलो अन्तर्राष्ट्रिय गोल

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत बुधबार दशरथ रंगशालामा लाओसविरुद्ध नवयुगले दोस्रो हाफमा दर्शनीय गोल गरेका थिए । उनले लाओसको हाफको मध्यभागमा बललाई नियन्त्रणमा लिने प्रयासमा भलीमार्फत सुन्दर गोल गरेका थिए । यो उनको आठौं अन्तर्राष्ट्रिय गोल हो ।

सन् २०१५ यता राष्ट्रिय टोलीका लागि खेल्दै आएका नवयुगको घरेलु मैदानमा भने यो पहिलो गोल हो । नवयुगले यसअघि राष्ट्रिय टोलीका लागि गरेका सबै ७ गोल नेपालबाहिर रहेको थियो । सन् २०१६ मा बंगालदेशमा सम्पन्न बंगबन्धु कपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दै नवयुगले गोलको खाता खोलेका थिए ।

त्यसै वर्ष नोभेम्बरमा उनले एएफसी सोलिडारिटी कपमा ब्रुनाईविरुद्ध पनि गोल गरे । सन् २०१८ मार्चमा यमनविरुद्ध एसियन कप छनोटमा गोल गरेका उनले त्यसै वर्ष साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । नवयुगले पछिल्लो पटक सन् २०२१ मा विश्वकप छनोटको दौरान चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.