default_image

9 years ago

January 2, 2017

साफ च्याम्पियनसिपमा नेपालविरुद्ध भारतको अग्रता

152 views

0 Bookmark

दिपेश तिमल्सिना
सिलगुढी (भारत)– नेपालविरुद्ध महिला साफ च्याम्पियनसिपको पहिलो हाफ भारतले १–० को अग्रता लिएको छ । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा कमलादेवीले नेपालविरुद्ध गोल गरेकी थिइन् । रक्षक मनीष पानाले मैदानको मध्यभागमा निकालेको पासलाई अघि बढाउँदै कमलाले पेनाल्टी बक्सको दायाँ पट्टिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

nepali-toli
नेपाल र भारतले यसअघिका तीनै संस्करणमा फाइनल खेलेका थिए । तीन संस्करणमा भारत विजयी भएको थियो । नेपालले दुई पटक अग्रता लिने मौका पाएर पनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले १६ औं मिनेटमा गरेको प्रहारलाई गोलकिपरले रोकिन् भने २५ औं मिनेटमा मन्जली वाइवाको पासमा सावित्राले फितलो प्रहार गरिन् । ३४ औं मिनेटमा मनमाया लिम्बुको फ्रिकिकलाई पनि भारतीय गोलकिपरले सफल हुन दिइनन् ।
नेपाली टोलीकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाले पटक पटक विपक्षीको प्रहारलाई रोकेपनि कमला देवीको प्रहार रोक्न सकिन् । सातौं मिनेटमा भारतकी सस्मिता मलिकको प्रहारलाई रोकेकी एन्जिलाले ३५ औं मिनेटमा डाङमी ग्रेसको प्रहारलाई पनि बचाएकी थिइन् । त्यसअघि सस्मिताको प्रहार बारमा लागेर फर्केको थियो भने त्यहि रिबाउन्डमा डाङमीको प्हार पनि क्रस बारमै लागेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.