3 years ago
March 23, 2023
दिपक न्यौपाने , बुटबल
मनाङ मस्र्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटबल एन्फा टेक्निकल सेन्टर देविनगरमा जारी प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनलमा अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा ४–३ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । शनिबार हुने फाइनलमा मनाङले सुदूरपश्चिम ११ स्पोर्टस क्लबको सामना गर्नेछ । दुवै टोलीमध्ये जो जितेपनि तिलोत्तमामा पहिलो उपाधि हुनेछ । ट्राइब्रेकरमा मनाङका लागि गोलकिपर जियानाथ शेख, अजित गुरुङ, बिसन गुरुङ, र आशिष गुरुङले गोल गरे । फ्रेन्ड्सका प्रेम भण्डारी, टोरीक र उत्तम राईले मात्र गोल गरे । कप्तान डोना थापा र रुपेश केसीले भने गोल गर्न सकेनन् ।
त्यसअघि निर्धारित समयमा २–० को अग्रतालाई जोगाउन सकेन । फ्रेन्ड्सका लागि एमिन्यू र उत्तम राईले गोल गरे । मनाङ आशिष गुरुङ र प्रशन्न श्रेष्ठले गोल गरे । सातौं मिनेटमा एमिन्यूको गोलबाट फ्रेन्ड्सले अग्रता लिएको छ । मनाङलाई दबाबमा राखेको फ्रेन्ड्सका लागि २६ औं मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तमले वानटचमा गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मनाङका कप्तान आशिषले गोल गर्दै गोलअन्तर कम गरे । दोस्रो हाफको दोस्रो मिनेटमा प्रशन्नले बराबरी गोल गर्दै मनाङलाई खेलमा फर्काए । खेलको अन्तिम समयमा फ्रेन्ड्सका डोनाको प्रहार खेर जाँदा फ्रेन्ड्स फाइनल पुग्ने सम्भावनाबाट टाढिएको थियो ।
फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले २ गोलको अग्रता हुँदा ओभर कन्फिडेन्टका कारण हार्नुपरेको बताए । भरपर्दा खेलाडी रुपेश केसी र डोना थापाबाट सोचे जस्तो प्रर्दशन हुन नसक्नु र पेनाल्टी चुकाउनुपनि मा मिस गर्नु नै हारको कारण रहेको सुनाए ।
फाइनललाई लिएर उत्साही देखिएका मनाङका व्यवस्थापक शिव लामाले पहिलो हाफमा टोली हतोत्साही देखिए पनि दोस्रो हाफमा जमेर खेलेका कारण अन्तिम समयमा जित निकाल्न सफल भएकोब बताए । पहिलो पटक तिलोत्तमा गोल्डकपको उपाधि जित्नेमा आफुहरु ढुक्क रहेको उनले जनाए ।

रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]