default_image

1 year ago

March 24, 2023

केन इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता

एजेन्सी – कप्तान ह्यारी केन इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बनेका छन् । बिहीबार राति भएको युरो २०२४ को छनोट खेलमा इटालीविरुद्ध एक गोल गरेसँगै केन सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले वाइन रुनीलाई पछि पारेका हुन् । रुनीले २००३ देखि २०१८ को अवधिमा १२० क्यापबाट ५३ गोल गर्दै इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बनेका थिए । रुनीको त्यो […]

103 views

0 Bookmark

एजेन्सी – कप्तान ह्यारी केन इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बनेका छन् । बिहीबार राति भएको युरो २०२४ को छनोट खेलमा इटालीविरुद्ध एक गोल गरेसँगै केन सर्वाधिक गोलकर्ता बनेका हुन् ।

उनले वाइन रुनीलाई पछि पारेका हुन् । रुनीले २००३ देखि २०१८ को अवधिमा १२० क्यापबाट ५३ गोल गर्दै इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बनेका थिए ।

रुनीको त्यो कीर्तिमानलाई २९ वर्षीय केनले ८१ खेलमा ५४ गोल गर्दै तोडेका हुन् । केन आफ्नो क्लब टोटेनहमका पनि सर्वाधिक गोलकर्ता हुन् ।

डिएगो अर्मान्डो म्याराडोना रंगशाला नेपोलीमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले घरेलु टोली इटालीलाई २–१ ले पराजित गरेको थियो । सन् १९६१ पछि इंग्ल्यान्डले इटालीमा पहिलो जित हासिल गरेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.