3 years ago
March 24, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार जारी गरेको वरियतामा नेपाली टोलीको तीन स्थान सुधार भएको छ । पछिल्लो वरियतामा नेपाल सयौं स्थानमा रहेको छ । यसअघिको वरियतामा नेपाल एक सय तीन स्थानमा थियो ।

नेपाल र भारतबीच गत महिना भएको दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा वरियतामा नेपालको सुधार भएको हो । नेपाल र घरेलु टोली भारतबीच फागुन ३ गतेको पहिलो मैत्रीपूर्ण २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो खेलको अन्त्यतिर सावित्रा भण्डारी साम्बाले २ गोल गर्दै खेललाई बराबरी गरेकी थिइन् ।
महिला फुटबलमा भारत भने यथास्थान ६१ औं स्थानमा रहेको छ । दक्षिण एसियाका अन्य देश बंगलादेश १ सय ४० औं, श्रीलंका १ सय ५५ औं, माल्दिभ्स १ सय ५९ औं, पाकिस्तान १ सय ६१ औं र भुटान १ सय ७८ औं स्थानमा रहेको छ ।
महिला फिफा वरियतामा अमेरिका शीर्षस्थानमा छ भने जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ । नेपाल महिला टोली अहिले ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]