default_image

3 years ago

March 24, 2023

दुई गोलको अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया रोकियो

217 views

0 Bookmark

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियासँग बराबरीमा रोकिएको छ । दक्षिण कोरिया र कोलम्वियाले २–२ गोलको बराबरी खेलेको हो ।

उल्सान मुन्सु फुटबल स्टेडियम उल्सनमा शुक्रबार भएको खेलका घरेलु टोली कोरियाका लागि दुवै गोल ह्युङ मिन सनले गोल गर्दा कोलम्वियाका हामेस रोड्रिग्वेज र जर्ज कारस्कलले गोल फर्काए ।

खेलको १०औं मिनेटमा ह्युङ मिन सनको गोलबाट घरेलु टोलीले १–० को अग्रता लिन सफल भएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । तर कोरियाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

दुई गोलले पछि परेको कोलम्वियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।४७औं मिनेटमा हामेस रोड्रिग्वेजले गोल गर्दै कोलम्वियालाई खेलमा फर्कने संकेत दिए ।

त्यसको दुई मिनेटपछि जर्ज कारस्कलले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यस नतिजासँगै दक्षिण कोरियाले कोलम्वियासँग आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । सन् २०१७ र २०१९ को मैत्रीपूर्ण खेलमा कोरियाले समान २–१ कै जित निकाल्न सफल भएको थियो । यसपटक पनि कोरियाले दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो ।

अर्काे मैत्रीपूर्ण खेलमा अष्ट्रेलियाले इक्वेडरलाई ३–१ ले पराजित गरेको छ । अष्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन, एवेर माविल र गराङ कुओलले गोल गरे । इक्वेडरका फेलिक्स टोरेसले एक गोल फर्काए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.