3 years ago
March 24, 2023
सुनिल गाउँले, सिमरा
वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुर सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए ।
वागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एर्यिा बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए ।
१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो ।
खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।
बी डिभीजन क्लब बीरगञ्ज सामु निरहि देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।

खेलको आठौं मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार वागमतीका गोलरक्षकले विफल पारेका थिए । २६ औं मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा वागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरे ।
खेलको ३४ औं मिनटमा कृपा चौधरीको प्रहार वागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोललाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औं मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्त प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए ।
वीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हात पारे । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]