default_image

3 years ago

March 25, 2023

लाओसले भुटानलाई हरायो

345 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा बोन्पाचान बोन्कोंगको दुई गोलमा लाओसले २-१ को जित दर्ता गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लाओसले खेलमा सुरुवात अग्रता लिएपनि भुटान स्टार फरवार्ड चेन्चो ग्याल्सेनको गोलसँगै खेलमा फर्किएको थियो । खेलको तेस्रो मिनेटमा नै लाओसले अग्रता लिएको थियो । बोन्पाचान बोन्कोंगले गोल गर्दै लाओसलाई अघि बढाए । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको प्रहार गोलरक्षक छिरिङ धोन्दुपले बचाउन सकेनन् ।

खेलको ३४ औं मिनेटमा भुटानले बराबरी गोल गर्यो । फरवार्ड चेन्चो ग्यालेसनले भुटानका लागि उत्कृष्ट गोल गरे । निमा वाङदीले मिडफिल्डबाट खेलेको लामो पासलाई चेन्चोले छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा फिनिस गरे । लाओसले डिफेन्सबाट खेलेको बल निमाले रोक्दै खेलेको लामो पासमा गोल सम्भव भएको थियो ।

दोस्रो हाफको ७१ औं मिनेटमा बोन्कोंगले लाओसलाई पुन: अग्रता दिलाए । कप्तान सुकाफोन भोङचेखामले दिएको लामो पासलाई उनले पेनाल्टी क्षेत्रको कुनाबाट सिधै गोल गरे । उनको हाफ भली गोलरक्षक छिरिङले बचाउने कुनै अवसर पाएनन् ।

९० औं मिनेटमा तेन्जिङ दोर्जीको प्रहार पोस्टमा लाग्दा भुटान बराबरी गर्नबाट चुक्यो । यस जितले ३ अंक बोकेको लाओसको फाइनल पुग्ने सम्भावना जीवित छ । अब मंगलबार हुने समूह चरणको अन्तिम खेलमा ३ अंक जोडेको नेपाल र भुटान भिड्नेछन् । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । फाइनल खेल शुक्रबार हुनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.