3 years ago
March 25, 2023
दिपक न्यौपाने, बुटवल
मनाङ मस्र्याङ्दी क्लबले पहिलो पटक तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई सडनमा पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । कोफी कौडीले खेलको ५९ औ मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै मनाङलाई अघि बढाए । तर त्यो अग्रता धेरैबेर भने टिकेन । खेलको ७१ औ मिनेटमा सुदूरपश्चिमका फागुराम चौधरीले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
५/५ पेनाल्टीमा पनि बराबरी भएपछि खेल सडन डेथमा मनाङले सुदुरपश्चिमलाइ ८–७ ले हराएको थियो । पेनाल्टीमा मनाङका अजित गुरुङ गोल गर्न असफल रहे । सुदूरपश्चिमका फागुराम र माधव भन्डारीको प्रहार बाहिरिएको थियो । विजेता मनाङले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ । तिलोत्तमाको २२ औं संस्करणमा मनाङ पहिलो पटक च्याम्पियन बनेको हो ।
मनाङका जियानाथ शेख उत्कृष्ट गोलकिपर, आशिष गुरुङ उत्कृष्ट डिफेन्डर, मनाङका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर, सुदूरपश्चिमका फागुराम चौधरी उत्कृष्ट फरवार्ड र मनाङका किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उत्कृष्टले समान ३० हजार रुपैयाँ प्राप्त गरे । सुदूरपश्चिमका फागुराम चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले स्कुटर प्राप्त गरे ।
बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डे, एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसी , यती हेल्मेटका महेश थैब , नगरपालीकाका प्रवक्ता शिप राना, जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष लोक पुन लगायतले विजेता, उपविजेता टोलीलार्य पुस्कृत गरे । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गते सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]