default_image

3 years ago

March 28, 2023

सर्विया र हंगेरीको जित

336 views

0 Bookmark

एजेन्सी – सर्विया र हंगेरीले युरो २०२४ को छनोट खेलमा सहज जित हात पारेका छन् । सर्वियाले घरेलु टोली मोन्टेनेग्रोमाथि २–० को सहज जित हात पारेको हो ।

सर्वियाको जितमा दुवै गोल डुसान भ्लाहोभिचले गरे । मोन्टेनेग्रोमा सोमबार राति भएको खेलमा पाहुना टोली सर्वियाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।

परिवर्तित खेलाडी डुसान भ्लाहोभिचले १२ मिनेटको अन्तरमा दुई गोल गर्दै सर्वियालाई छनोटमा लगातार दोस्रो जित दिलाए ।७८औं मिनेटमा पहिलो गोल गरेका डुसानले ९०औं मिनेटमा अर्काे गोल गर्दै टोलीलाई ३ अंक दिलाए ।

यही समूह ‘जी’ को अर्काे खेलमा हंगेरीले घरेलु मैदानमा बुल्गेरियालाई ३–० ले पराजित गरेको छ । हंगेरीको जितमा बालिन्ट भेसेई, डोमिनिक जोबोस्लाई र मार्टिन एडामले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो ।

यस नतिजासँगै समूह ‘जी’ मा सर्विया २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित मोन्टेनेग्रो ३ अंहसहित तेस्रो स्थानमा छ । समान ३ अंक रहेपनि हंगेरी गोलअन्तरमा दोस्रो स्थानमा छ । लिथुआनिया र बुल्गेरियाले अंकको खाता खोल्न सकेको छैन ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.