default_image

3 years ago

March 28, 2023

बिजी फुटबल एकेडेमीको टोली जापानतर्फ

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा आयोजना हुने कोपा टोरेरोस प्रिमाभेरा यू १२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको बिजी फुटबल एकेडेमीले लिने भएको छ । ११ खेलाडीसहित १३ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

बिजी फुटबल एकेडेमी राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य बसन्त गौचनले स्थापना गरेको एकेडेमी हो । राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको बिजी फुटबल एकेडेमी प्रतियोगिताको समूह डीमा रहेको छ । बिजी रहेको समूहमा उरावा रेड्स, माल्भा एफसी र फुजीमिगाओका एफसी रहेका छन् ।

चैत २१ देखि २४ गते सम्म सन्चालन हुने प्रतियोगितामा ४० टोलीको सहभागिता रहेको जापानमा रहेका पूर्व राष्ट्रिय खेलाडी गौचनले जानकारी दिए । जापान जाने टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले विदाई गरेका थिए ।

छुट्टै कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले पनि टोलीको विदाई गरेको थियो । जापानमा रहेर फुटबल प्रशिक्षण गर्दै आएका गौचनको पहलमा नेपाली क्लबहरुले उमेर समूहको प्रतियोगिता खेल्दै आएका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.