3 years ago
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत मंगलबार भुटानसँग हारबाट जोगियो । खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा फरवार्ड दीपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल १-१ को बराबरी खेल्दै फाइनल पुगेको हो ।

लाओसविरुद्ध भएको थ्री नेसन्स कपको पहिलो खेलमा दीपकले डेब्यु गरेका थिए । नवयुग श्रेष्ठको स्थानमा ८३ औं मिनेटमा मैदान प्रवेश गर्दै दीपकले राष्ट्रिय टोलीको जर्सीमा पहिलो पटक खेले । मंगलबार पनि उनी बेन्चबाट नै मैदान प्रवेश गरेका थिए । अन्जन विष्ट दोस्रो हाफको सुरुवातमै घाइते भएपछि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दीपकलाई ५१ औं मिनेटमा मैदान पठाएका थिए ।
दीपकले आफूलाई दिएको जिम्मेवारी पूरा पनि गरे । दोस्रो हाफमा नेपालले तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गर्दा दीपक भुटानी डिफेन्सलाई दबाबमा राख्न सफल भए । गति र शक्तिको उपयोग गर्दै उनले डिफेन्स पार गर्न खोजे र विपक्षी गोलरक्षकलाई समस्या पनि दिए । उनले गरेको गोल पनि पेनाल्टी क्षेत्रभित्र फरवार्डको पोजिसनीङ राम्रो रहेको संकेत गर्थ्यो ।

निशान खड्काको कर्नर सेकेन्ड बारमा पुगेपछि नेपालका गोलरक्षक किरण चेम्जोङसहित डिफेन्डर त्यसमा गए । नेपालका धेरै खेलाडी देखेपछि भुटानी डिफेन्स र गोलरक्षक पनि त्यसैतर्फ लागे । तर दीपक ६ यार्ड बक्सभित्र आफूलाई अनमार्क राख्दै बीचमै उभिइरहे । संयोगवश अनन्त तामाङले हेडर भेटेर मध्यभागतर्फ बल पठाए । दीपकले खाली पोस्टमा सहज फिनिस गरे ।
दीपकको उदय र यात्रा :
दीपक कागजी नाम भन्दापनि स्थानीय रुपमा बोलाइने ‘विक्रम’ नामबाट बढी चिनिन्छन् । करिअरको सुरुवातमा बोलीचालीकै ‘विक्रम’ नाम प्रयोग गरेका पश्चिमका यिनलाई सुदूरपश्चिम गोल्डकपको कारण चिनिएको हो । घर बाँके जिल्लाको खजुरा भएपनि नेपालगन्जमा फुटबलको चर्चा त्यति नहुँदा उनले सुदूरपश्चिम-११ बाट खेले । आठौं राष्ट्रिय खेलकुदमा भलिबल भएको शुक्र भलिबल रंगशाला नजिकै घर रहेका उनले फुटबलको कखरा आफ्नो घर वरपर नै लिएका थिए ।

दीपकका लागि सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा हुँदै आएको सुदूरपश्चिम खप्तड गोल्डकप करिअरको टर्निङ पोइन्ट बन्न पुग्यो । २०७६ सालको खप्तड गोल्डकपको चौथो संस्करणमा दीपकले सानदार प्रदर्शन गर्दै घरेलु टोलीलाई उपाधि दिलाए । फाइनलमा ए डिभिजन क्लब थ्री स्टारविरुद्ध निर्णायक गोल गरेका उनले सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल पनि जिते । त्यसपछि उनले सुदूरपश्चिमबाट नै मोफसलका प्रतियोगिता खेले ।
मोफसलमा चम्किएका दीपकले त्यसपछि ए डिभिजनमा भने नवप्रवेशी सातदोबाटोबाट २०७८ सालमा अवसर पाए । त्यसअघि उनी तल्लो डिभिजनमा प्लानिङ ब्वाइजबाट पनि खेलेका थिए । लिगको पहिलो खेलमा नै फ्रेन्ड्सविरुद्ध दशरथ रंगशालामा खेल्ने अवसर पाए । पहिलो सिजन सातदोबाटोबाट १० खेल खेलेका उनले विंगमै अधिकांश समय बिताउँदा ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३-२ को जितमा १ गोल गरे ।

सातदोबाटोमा सनोज श्रेष्ठको आगमनपछि भने दीपकले अग्रपंक्ति सम्हाल्ने अवसर पाए । यस सिजन ५ खेलमा ४ गोल गरेका दीपकले पहिलो खेलमा नै एनआरटिविरुद्ध २ गोल गरेका थिए । त्यसपछि फ्रेन्ड्स र खुमलटारविरुद्ध उनले १-१ गोल गरेका छन् ।
दीपकको उच्च प्रदर्शनबाट प्रेरित सातदोबाटो लिगको शीर्षस्थानमा छ । राष्ट्रिय टोलीका लागि २ खेल खेल्दै गोलको खाता खोलेका उनीबाट सातदोबाटोले कम्तिमा यो प्रदर्शनको निरन्तरता अपेक्षा गरेको हुनेछ । दीपक आफैं पनि राष्ट्रिय टोलीमा सुरुवात गर्ने दावेदारीका लागि क्लबमा निरन्तर राम्रो खेल्न चाहन्छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]