default_image

3 years ago

March 31, 2023

थ्री नेसन्स कप – उपाधिका लागि नेपाल र लाओस भिड्दै

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल र लाओसको राष्ट्रिय टोलीले आज (शुक्रबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

यो खेल साँझ ५ः३० बजेपछि हुनेछ । समूह चरणपछि शीर्ष दुई टोलीबीचको यो उपाधि भिडन्त अनौपचारिक मैत्रीपूर्ण मात्रै हुनेछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सिमित अवधिमा तोकिएको खेललाई मात्रै आधिकारिकता दिने गर्दछ ।

फिफाले हरेक वर्ष ६ देखि ७ पटक ‘फिफा डे’ अर्थात् अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा प्रतियोगिताका लागि मिति छुट्याउने गरेको छ । विश्वभर नै लागु हुने नियम अनुसार यसपटक २०–२८ मार्चलाई फिफा डे तोकिएको थियो । यसबीचमा हरेक राष्ट्रले अधिकतम २ खेल खेल्न पाउने प्रावधान रहेको थियो ।

नेपालले यसपटक ३ देशको सिनियर टोलीलाई नै थ्री नेसन्स कपमा सहभागी गराएको थियो । त्यसैले समूह चरणका तीनै खेलले अधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता पाए । तर फाइनल खेलका लागि भने फिफा डे को मिति र अधिकतम २ खेल पनि सकिएका कारण फाइनल खेल ‘अनौपचारिक मैत्रीपूर्ण’ मात्र हुने भएको हो ।

नेपाल र लाओसको खेल प्रतियोगिताको उपाधिका लागि भएपनि यसले खेलाडीको खेल संख्या र गोल मापन हुँदैन भने दुवै देशको नतिजा र फिफा वरीयतामा कुनै असर गर्ने छैन ।

फिफाबाट यस खेलले अधिकारिक मान्यता नपाउने भएपनि यो फाइनल खेल दुवै टोलीलाई मनोबल उच्च पार्न महत्वपूर्ण खेल हुनेछ । लाओसका प्रशिक्षक माइकल वाइसले खेल अनौपचारिक भएपनि आफ्नो टोलीले निकै महत्व दिएर खेल्ने बताएका छन् । कप्तान सुकाफोन वोंगचेंगखामले पनि लाओसले हालसम्म फाइनल पुगेको थाहा नभएकाले जितका लागि खेल्ने बताए ।

नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् ।
नेपालले समूह चरणमा लाओसलाई २–० ले पराजित गर्न सफल भएको थियो । त्यस खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए । दुवै जनाको गोल निकै उत्कृष्ट थियो ।

लाओसविरुद्ध मिडफिल्डर पुजन उपरकोटी र फरवार्ड अन्जन विष्ट टोलीमा हुनेछैनन् । यसको प्रभाव टोलीमा पर्नेछ । तर, नेपालसँग दीपक राज सिंह ठकुरी, एरिक विष्ट, नवयुग श्रेष्ठ, भरत खवास, आयुष घलान, रोहित चन्द ठकुरी, विकास खवास, मणि कुमार लामा, कमल थापा र कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा रहेका छन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.