default_image

3 years ago

March 31, 2023

एभेनिरलाई भोजपुर मेयर कप गोल्डकप उपाधि

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनको एभेनिर एफसीले छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले पराजित गर्दै एभेनिरले उपाधि जित्न सफल भएको हो । एभेनिरलाई च्याम्पियन बनाउन एनगुइनी र टिम्वा टिम्वाले गोल गरे ।

भोजपुर रंगशालामा बिहीबार भएको खेलको ४२औं मिनेटमा एनगुइनीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टिम्वाले गोल गर्दै एभेनिरको जित पक्का गरे । फाइनलमा भोजपुर जिल्ला फुटबल संघका धिरज मगर म्यान अफ दि म्याच घोषित भए ।

उपाधिसँगै एभेनिरले नगद ५ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । उपविजेता भोजपुरले ३ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

भोजपुर जिल्ला फुटबल संघका विजय भुजेल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । एभेनिरका एलेन उत्कृष्ट गोलरक्षक, एन सानगोउ डिफेन्डर र एनगुइनी उत्कृष्ट मिडफिल्डर चुनिए ।

सागर लामा उत्कृष्ट प्रशिक्षक चुनिदा भोजपुरका सन्तोष तामाङ र एभेनिरका टिम्वा संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने । विजयी टोली तथा खेलाडीलाई भोजपुर नगरपालिकाका मेयर केलाश कुमार आले लगायतले पुरस्कृत गरे ।

चैत्र १० देखि १६ गतेसम्म भएको प्रतियोगितामा आयोजक भोजपुर जिल्ला फुटबल संघ, भारतका युकेएफसी, एभिनियर एफसी, एनबीवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुरको सहभागिता रहेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.