default_image

3 years ago

March 31, 2023

हालान्डले लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना

378 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले इंग्लिस प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको महत्वपूर्ण खेल गुमाउने सम्भावना बढेको छ ।

उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल शनिबार साँझ ५ः१५ बजे सिटीको मैदान इतिहाद स्टेडियममा हुँदैछ । २२ वर्षीय हालान्डले दुई साताअघि ग्रोइन इन्ज्युरी बोकेका थिए । उनको प्रख्यात शल्यचिकित्सक डाक्टर रामोन कुगाटसँगै अहिले सिटीकै डाक्टरले उपचार गराइरहेका छन् ।

१९ मार्चमा बर्नलेविरुद्धको एफए कपको क्वाटरफाइनलमा ह्याट्रिक पूरा गरेको खेलपछि नै हालान्डले चोटको महसुस गरेका थिए । उनको या सिजनको छैटौं ह्याट्रिक हो । चोटकै कारण हालान्डले युरो २०२४ को छनोट अन्तरगत स्पेन र जर्जियाविरुद्धको खेल पनि गुमाउन पुगेको थियो । अन्तर्राष्ट्रिय विश्रामपछि फर्किएपछि हालान्डले आफ्ना सहकर्मीहरूसँग पछिल्लो दुई दिनदेखि प्रशिक्षण गरेका छैनन् ।

यो सिजन सबै खाले खेलमा गरी ४२ गोल गरिसकेका हालान्डको अभाव लिभरपुलविरुद्धको खेलमा हुन सक्नेछ । एपेन्डिक्सकै शल्यक्रिया गरेका फिल फोडेनले पनि लिभरपुलविरुद्ध खेल्ने सम्भावना न्युन छ ।

सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले हालान्डविरुद्ध जोखिम मोल्ने छैन । एक खेल कम खेलेको सिटीलाई अंक अन्तर कम गर्न लिभरपुलविरुद्ध जित आवश्यक छ ।

हालान्डका बुबा अल्फीले पनि हालान्डले खेल्ने सम्भावना न्युन रहेको बताएका छन् । हालान्ड र फोडेनको अनुपस्थिति सिटीको लागि धक्का हो भने लिभपुललाई सिटीमाथि जित निकाल्ने अवसर हो ।

लिभरपुलले यस सिजन सिटीलाई दुई पटक पराजित गरेको छ । ३० जुलाई २०२२ मा कम्युनिटी शिल्ड र अक्टोवरमा भएको प्रिमियर लिगमा लिभरपुलले सिटीलाई हराएको थियो । त्यसपछि गत डिसेम्वरमा भएको इएफएल कपमा सिटीले ३–२ को जित निकालेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.