default_image

3 years ago

March 31, 2023

खप्तड गोल्ड कप – उपाधि जित्नेमा मनाङ र थ्री स्टार दुबै आशावादी

333 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुबै ए डिभिजन टोलीले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।

प्रि म्याच कार्यक्रममा शुक्रबार दुवै टोलीका कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । फाइनल धनगढी रंगशालामा हुनेछ । थ्री स्टारका कप्तान विक्रम लामाले मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितीले क्लबको प्रर्दशनमा असर नपर्ने बताए । दिपेशले सेमिफाईनलमा रातो कार्डको सामना गर्नु परेको थियो । जसका कारण उनले फाइनल खेल्न पाउने छैनन् ।

विक्रमले आफुहरुसँग सन्तुलित टोली रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने बताए । फाइनल खेलमा आफ्नो भूमिकाबारे बोल्दै उनले भने, ‘भोलीको रणनीति अनुसार मेरो भूमिका हुनेछ । प्रशिक्षक मेघराज केसीले जुन भुमिकामा खेलाउँनु हुनेछ म तयार छु ।’

विक्रमले रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टोली मानसिक रुपमा तयार रहेको उनले बताए । ‘एन्फाले खेल तालिकालाई ब्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो ’ उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाईनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफुहरु तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोली खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ । मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महशुश गरेको छु । तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का हो ।’

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र दोस्रो टोलीले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लव गरी १० टोलीको सहभागी थिए । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक क्लब अध्यक्ष सुरेश हमालले बताएका छन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.