3 years ago
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालिन बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा सुरु भएको छ । तीन उपाध्यक्षसहितको असन्तुष्ट पक्ष भने आपतकालिन बैठकमा उपस्थित छैन ।

एन्फा महासचिव किरण राईले शनिबार बिहान ९ः०० बजे एन्फा कम्प्लेक्समा कार्यसमितिको आपकालिन बैठकमा उपस्थित हुन पदाधिकारी तथा सदस्यहरुलाई बिहीबार पत्र काटेका थिए । बैठकमा कोरम नपुग्ने देखिएपछि एन्फाले शनिबार बिहान जुमबाट पनि बैठकमा सहभागी हुन सक्ने भन्दै लिंक पठाएको थियो । तर, असन्तुष्ट पक्ष भने जुममा पनि सहभागी नभएको बताइएको छ ।
एन्फा महासचिव किरण राईले आफू एन्फा बैठकमा रहेको र बैठकमा ११ जनाको उपस्थिति रहेको बताएका छन् । उनले भने, ‘हामी ११ जना बैठकमा छौं । त्यसमा दुई जना सदस्य सरिला श्रेष्ठ र अनिल मल्ल जुमबाट जोडिनु भएको छ ।’
फागुन १७ गते भएको पछिल्लो बैठक पनि विवादित बनेको थियो । असन्तुष्ट पक्षले महासचिव राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्ने मागलाई एजेन्डामा समावेश गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो । बर्खास्तसहित असन्तुष्ट पक्षका ५ बुदाँलाई बैठकको एजेन्डामा समावेश गर्न एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ तयार नभएपनि आफूहरुले बैठक बहिष्कार गरेको असुन्तुष्ट पक्षले बताउँदै आएको छ ।
जसका कारण तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसी, दीपक खतिवडासहितले बैठक बष्हिकार गरेका थिए । त्यसका वावजुद पनि कोरम पुगेको भन्दै एन्फा कार्यसमितिको निर्णय सार्वजनिक भएको थियो । असन्तुष्ट पक्षले त्यसलाई आफूहरुले स्वीकार नगरेको बताउँदै आएको छ ।
त्यसकैको निरन्तरताका रुपमा त्यसलाई बैधानिकता दिनका लागि बैठक डोकेको आशंकामा आफूहरु बैठकमा उपस्थित नभएको उपाध्यक्ष केसीले बताएका छन् । ‘विना एजेन्डा आपकालिन बैठक भनिएको छ । अघिल्लो बैठककलाई हामीले अवैधानिक भनेका छौं,’ उनले भने, ‘त्यसैलाई बैधानिकता दिने प्रयासमा यो बैठक बस्न लागेको हामीलाई आशंका छ । हामी उपस्थित नभएपछि अहिले जुम बैठक भनिएको छ । हामी त्यसमा पनि जोडिएनौं । ’
तीन उपाध्यक्ष शाही, केसी, खतिवडा तथा सदस्यहरु भोजराज शाही, पेमा डोल्मा लामा, रविन्द्र चन्द, रमेश व्यन्जनकार, महेन्द्र क्षेत्री, मनीष जोशी र रुपेश अधिकारी बैठकमा सहभागी नरहेको बताइएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]