6 months ago
April 2, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सफलता हात पार्दा शीर्ष दौडमा रहेको इन्टर मिलानले हार बेहोरेको छ ।युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित आत्मसात् गरेको हो । युभेन्ट्सको जितमा दोस्रो हाफमा मोइस किनले गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज स्टेडियमा टुरिनमा शनिबार राति भएको खेलमा मोइस किनले ५५औं मिनेटमा गोल […]
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सफलता हात पार्दा शीर्ष दौडमा रहेको इन्टर मिलानले हार बेहोरेको छ ।युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित आत्मसात् गरेको हो ।
युभेन्ट्सको जितमा दोस्रो हाफमा मोइस किनले गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज स्टेडियमा टुरिनमा शनिबार राति भएको खेलमा मोइस किनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यस जितले युभेन्ट्स २८ खेलबाट ४४ अंक जोडेर सातौं स्थानमा रहेको छ । पराजित भेरोना १९ अंक जोडेर १८औं स्थानमा छ ।
अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा फियोरेन्टिनासँग १–० ले स्तब्ध बनेको छ । इन्टरलाई स्तब्ध पार्न ५३औं मिनेटमा जियाकोमो बोनाभेन्चुराले गरेको गोल नै निर्णायक बन्यो ।
यस हारले इन्टर मिलानले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । इन्टर २८ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । इन्टरलाई हराएको फियोरेन्टिना ४० अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
September 24, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]
September 24, 2023
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]
September 24, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]