3 years ago
April 6, 2023
एजेन्सी – कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिकसँगै एक गोलको लागि असिस्ट प्रदान गरेपछि ‘एल क्लासिको’ मा बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाकै मैदानमा ४–० को तथा समग्रमा ४–१ को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको हो ।
दोस्रो लेगमा रियलको सानदार जितमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक पूरा गर्दा भिनिसियस जुनियरले एक गोल थपे । स्पोटिफाई क्याम्प नोउमा प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा रियलले पाएको मौकालाई सदुपयोग गर्दा बार्सिलोनाले सदुपयोग गर्न सकेन ।
पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले कप्तान बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछिको तीनै गोल बेन्जेमाको नाममा रह्यो । ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनमाथि सानदार जित दिलाएर टोलीलाई फाइनलमा पु¥याए । बेन्जेमाले यसपटक भिनिसियसकै पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै रियलले दुई साताअघि स्पेनिस ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ । २० मार्चमा भएको खेलमा रियल बार्सिलोनासँग २–१ ले पराजित भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]