3 years ago
April 6, 2023
एजेन्सी – इंग्लिस क्लब चेल्सीले आश्चर्यजनक रुपमा पूर्व प्रशिक्षक फ्रान्क लाम्पार्डलाई सिजनको अन्त्यसम्मको लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ ।

ग्राहम पोटरको बर्खास्तीपछि चेल्सीले आश्चर्यजनक रुपमा लाम्पार्डलाई पुनः प्रशिक्षकको जिममेवारी प्रदान गरेको छ । चेल्सीले गत आइतबार पोटरलाई बर्खास्त गरेको थियो ।
लाम्पार्ड सन् २०२१ मै चेल्सीबाट बर्खास्तीमा परेका थिए । त्यसपछि चेल्सीले थोमस टुचेल र ग्राहम पोटरलाई प्रशिक्षक बनाएको थियो । लाम्पार्ड यसै सिजन इंग्लिस क्लब एभर्टनबाट बर्खास्तीमा परेका थिए ।
जनवरीमा एभर्टनबाट बर्खास्त भएपछि जागिरविहीन रहेका लाम्पार्डले यसअघि जुलाई २०१९ देखि जनवरी २०२१ सम्म चेल्सीको प्रशिक्षण सम्हालेका थिए ।
चेल्सीको केयरटेकर प्रबन्धकमा नियुक्त भएपछि लाम्पार्डले अहिले नै पूर्ण रुपमा मुख्य प्रशिक्षक बन्नुको सट्टा अहिले आm्नो ध्यान चेल्सीको नतिजामा नै केन्द्रित गर्ने बताएका छन् ।
‘म आफूले गर्नसक्ने सबैभन्दा राम्रो भूमिका गर्न चाहन्छु र त्यसपछि के हुन्छ हामी हेर्नेछौं ।’ ४४ वर्षीय लाम्पार्डले भने, ‘म कहाँसम्म पुग्छु भन्न सक्दिन ।’
अब लाम्पार्डको प्रशिक्षणमा चेल्सीले प्रिमियर लिगमा शनिबार वुल्भ्स र त्यसपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार रियल म्याड्रिडसँग खेल्नेछ ।
लाम्पार्ड स्टामफोर्ड ब्रिजका खेलाडी रहँदा त्यसबेला अन्तरिम प्रशिक्षक रहेका रोबर्टो डि माटियोले चेल्सीलाई च्याम्पियन्स लिग जिताएका थिए ।
लाम्पार्ड डि माटियोकै बाटोमा हो भनेर सोध्दा पूर्व मिडफिल्डर लाम्पार्डले भने, ‘यो मेरो निर्णय हुनेछैन त्यसैले म फेरि त्यसमा अगाडि बढ्न चाहन्न । बुझ्छु कि मलाई त्यो प्रश्न धेरै सोधिनेछ । मेरो लागि अहिले आफ्नो जिम्मेवारी पूरा गर्नु मात्र हो ।’
चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा छ । चेल्सी चौथो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १४ अंकले पछि छ । यस सिजन नयाँ खेलाडीका लागि चेल्सीले ५५० मिलियन भन्दा बढी खर्च गरेपनि अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]