6 months ago
April 6, 2023
एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले बुधबार राति भएको ‘एल क्लासिको’ मा ह्याट्रिक पूरा गर्दै नयाँ इतिहास रचेका छन् । बार्सिलोनाको घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा ह्याट्रिक पूरा गरेपछि बेन्जेमाले नयाँ कीर्तिमान बनाएको हो । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा ४–० को जित निकालेको खेलमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दा रियल समग्रमा ४–१ को […]
एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले बुधबार राति भएको ‘एल क्लासिको’ मा ह्याट्रिक पूरा गर्दै नयाँ इतिहास रचेका छन् ।
बार्सिलोनाको घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा ह्याट्रिक पूरा गरेपछि बेन्जेमाले नयाँ कीर्तिमान बनाएको हो । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा ४–० को जित निकालेको खेलमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दा रियल समग्रमा ४–१ को जितसहित फाइनलमा प्रवेश गरेको छ ।
बेन्जेमा सन् १९९५ मा इभान जामोरानोपछि एल क्लासिकोमा ह्याट्रिक गर्ने पहिलो रियल म्याड्रिड खेलाडी बनेका छन् । यस्तै बेन्जेमा ६० वर्षपछि अर्थात् सन् १९६३ मा फेरेन्क पुस्कासपछि बार्सिलोनाको मैदानमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
हंगेरीका पुस्कासले त्यसबेला नोउ क्याम्प र सान्टियागो बर्नबेउमै ह्याट्रिक पूरा गरेका थिए । बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि उनले स्पेनिस ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।
यस्तै रियलले १९९५ को जनवरी यता बार्सिलोनाविरुद्ध पहिलोपटक चार गोलको अन्तरमा जित निकालेको हो । यसअघिका केही खेलहरुमा रियलले जित निकालेपनि चार गोलको अन्तरमा जित निकाल्न सकेको थिएन ।
September 22, 2023
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन […]